सम्बन्धमा हुने एन्जाइटी हटाउन के गर्ने ?

लोकपथ
845
Shares

काठमाडौं । पछिल्लो समय एन्जाइटीको समस्या बढ्दो छ । आफ्नो सोचाइलाई व्यवस्थापन गर्न नसक्दा धेरै मानिसहरुलाई एन्जाइटी हुने गर्दछ । सोचाइलाई नियन्त्रण गर्न नसक्दा त्यसले विस्तारै व्यवहारमा असर गर्दै जान्छ, जसको कारण मानिसको जीवन डामाडोल बन्न पुग्दछ । कतिपय अवस्थामा मानिसमा सम्बन्धको एन्जाइटी हुने गर्दछ । सम्बन्धमा आएको फेरबदललाई सहज रुपमा लिन नसक्दा एन्जाइटीको अवस्था सिर्जना हुने गर्दछ । एन्जाइटीहरु बढ्दै गएमा यसले सम्बन्धमा नकारात्मक असर पु¥याउँछ । एन्जाइटीकै कारणले मानिसहरु एकअर्कासँग बोल्न समेत डराउने स्थिती आउँदछ । सम्बन्धलाई सहज रुपमा लिन सकेमा एन्जाइटीलाई हटाइ सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने मनोविश्लेषकहरु बताउँछन् ।

सम्बन्धमा हुने एन्जाइटी हटाउन के गर्ने ?

एकअर्काको कामको प्रभाव

सबै भन्दा पहिलो धेरैको एन्जाइटी वा चिन्ता भनेको हामीले गरेको कार्यहरुले अरुलाई कसरी असर गर्छ भन्ने हुन्छ । किनभने सहानुभूति र विचार स्वस्थ सम्बन्धको कारकहरु हुन् । तर यो बुझ्न अत्यन्तै आवश्यक रहेको हुन्छ, कि हामीले गरेका कार्यको निरन्तर विश्लेषणको कारण हामी अत्याधिक तनावमा पर्नु हुँदैन । हाम्रो व्यवहारको सम्भावित प्रभाव बारेमा सचेत हुनु आवश्यक हुन सक्छ तर सन्तुलन कायम राख्न सक्नुपर्छ । हामीले आफुलाई अत्याधिक चिन्ताको बोझमा पार्नु हुँदैन ।

आफ्नो पार्टनसँग खुलेर सबै कुरा गर्ने

जुन कुरासँग तपाईंलाई एन्जाइटी भइरहेको छ त्यसको बारेमा कुरा गर्ने । जब हामी आफ्नो भावना र डरहरुको बारेमा खुलेर कुरा गछौँ तब यसले पार्टनहरुबीच गहिरो समझको अवसर सिर्जना गर्छ ।

व्यक्तिगत वृद्धिको बारेमा सोच्ने

एक स्वस्थ सम्बन्धको विकासको लागि व्यक्तिगत सोच र आत्म सुधार गर्न आवश्यक रहेको हुन्छ । जब दुवै जना निरन्तर आफुलाई सुधार प्रतिबद्ध हुन्छन्, तब यसले सकारात्मक वातावरणको सिर्जना गर्छ । जहाँ सम्बन्ध विकासलाई उत्प्रेरित र समर्थन गरिन्छ । आफुलाई राम्रो बनाउँदा हामीलाई व्यक्तिगत रुपमा मात्र फाइदा नभएर यसले सम्बन्धलाई मजबूद पनि बनाउँछ । जब हामी व्यक्तिगत विकासको लागि काम गछौँ । हामी थप सचेत र भावनात्मक रुपमा परिपक्क पनि हुन्छौँ साथै सम्बन्ध पनि सुमधुर हुन्छ ।

विगतबाट सम्बन्ध प्रभावित हुने डर

विगतको अनुभवहरुको प्रभावले आघात भएका अनुभवहरुले हाम्रो सम्बन्धमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । हाम्रो विगतले कस्तो आकार दिएको छ र कुनै पनि समाधान नभएको मुद्दाहरुको बारेमा कुरा गर्नु भनेको तिनीहरुले वर्तमान सम्बन्धमा प्रभाव पार्नु हो । जसका कारण सम्बन्धमा खलल पुग्ने गर्दछ । यसरी विगतका अनुभवहरुमा पश्चाताप गर्ने भन्दा पनि त्यसबाट पाठ सिकेर आगामी दिनलाई राम्रो बनाउन लागेमा सम्बन्धमा सुधार आउँदछ ।

सम्बन्धको बारेमा अनावश्यक चिन्ता

सम्बन्धमा दुवै पार्टनले सुरक्षित महसुुस गर्नु आवश्यक रहेको हुन्छ । अनिश्चितता वा अस्पष्टताको डरले चिन्ता र असुरक्षा निम्त्याउन सक्छ । त्यसैले सम्बन्धको प्रकृतिमा स्पष्ट र पारस्परिक सहमतिले सुरक्षाको भावना प्रदान गर्न सक्छ । सम्बन्धमा स्पष्टताले विश्वास, स्थिरता र पारस्परिक सम्मान बढाउन सक्छ । जसले स्वस्थ र सहयोगी सम्बन्धको लागि जग बनाउन मद्दत गर्दछ । पादर्शिता कायम गरेर र एकअर्काको आवश्यकतालाई ध्यानमा राखेर दम्पतीहरुले आत्मविश्वासका अघि बढेमा हरेक सम्बन्ध थप सुमधुर बन्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?