दरबारमार्गमा चिनियाँ नयाँ वर्ष

लोकपथ
2.9k
Shares

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालेर शुभारम्भ भएको नयाँ बर्षको श्रृखंला शनिबार पनि विशेष समारोहको आयोजना गरिएको छ ।

कार्यक्रमकै सिलसिलामा शुक्रबार ठमेलमा ड्रागन, सिंह र किरिन नृत्य प्रस्तुत गरियो भने शनिबार दरबारमार्ग क्षेत्रमा विभिन्न नृत्यहरु प्रश्तुत गरियो । शनिबार तामाङ समुदायको सोनाम ल्होसार पनि परेकाले चिनियाँ कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरु पनि देखिए ।

तामाङ समुदायको सोनाम ल्होसारमा शनिबारदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

त्यस्तै चिनियाँ नयाँ वर्ष र वसन्त चाडका अवसरमा श्रृखंलाबद्ध कार्यक्रमहरु जारी राखिएको छ । भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायरमा ड्रागगन, सिंह र किरिन नृत्य देखाइने कार्यक्रम छ ।

शनिबार दिउँसो २ बजेदेखि दशरथ रंगशालामा नेपाल–चीनबीच मैत्री फुटबल प्रतियोगिता पनि राखिएको छ । सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सवको आयोजना गरिँदै छ । महोत्सवमा खानाका परिकार, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायत कार्यक्रम हुने छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?