काठमाडौं । घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग १५ लाख घुस माग्ने काभ्रे बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बादेविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरिएको अख्यितारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
गत माघ ३ गते बादेले घरबाटोको सिफारिस दिनका लागि घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
उनले सो प्रयोजनको लागि नै मागेको पुुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कैद सजाय गरी बिगो बमोजिम सजाय हुने गरी मुद्दा दायर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया