‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रायोजन गर्ने

लोकपथ
91
Shares

काठमाडौं । साइमेक्स इंक प्रालि, बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने घोषणा गरेको छ ।

चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्वपूर्ण खेल कार्यक्रम आगामी फेब्रुअरी १० का दिन दशरथ रंगशालामा आयोजना हुनेछ ।

स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउछ ।

संयुक्त राष्ट्र संघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेको रुपमा मान्यता दिएकोले यसको विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको प्रमाणित हुन्छ । करिव २०० देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्दछ ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने छ ।

यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबीचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने विश्वास लिइएको छ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?