काठमाडौं । उच्च अदालतका ३ सहित १२ जना न्यायाधीशको सरुवा भएको छ ।
आज बसेको न्यायपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
जसअनुसार उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश रामेश्वर रेग्मीलाई उच्च अदालत पाटनमा काज सिफारिस गरिएको छ । त्यस्तै उच्च अदालत सुर्खेतका न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत विराटनगर, इलाम इजसाल र उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरमा काजका लागि सिफारिस गरिएको छ ।
त्यस्तै जिल्ला अदालत कास्कीमा कार्यरत न्यायाधीश ऋषिराम आचार्यलाई जिल्ला अदालत ललितपुर, जिल्ला अदालत सुनसरीमा कार्यरत हरिप्रसाद कोइरालालाई जिल्ला अदालत कास्की सरुवा गरिएको छ । त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईलाई जिल्ला अदालत मकवानपुर, जिल्ला अदालत तेह्रथुममा कार्यरत प्रमेख पोखरेललाई जिल्ला अदालत पर्सामा सरुवा गरिएको छ ।
त्यसैगरी जिल्ला अदालत रौतहटमा कार्यरत न्यायाधीश तेजबहादुर खड्कालाई जिल्ला अदालत झापामा सरुवा गरिएको छ भने जिल्ला अदालत झापामा कार्यरत न्यायाधीश भीमप्रसाद निरौलालाई जिल्ला अदालत तेह्रथुममा सरुवा गरिएको छ ।
त्यसैगरी अन्य तीन जिल्ला न्यायाधीशलाई काज सिफारिस गरिएको छ । जसमा जिल्ला अदालत डडेलधुरामा कार्यरत न्यायाधीश दयाराम ढकाललाई जिल्ला अदालत चितवन, जिल्ला अदालत नवलपुरमा कार्यरत न्यायाधीश बाबुराम सुवेदीलाई जिल्ला अदालत मोरङ र जिल्ला अदालत दाङमा कार्यरत न्यायाधीश कुलप्रसाद पाण्डेलाई जिल्ला अदालत नवलपुुर काज सिफारिस गरिएको छ ।
त्यसैगरी न्याय परिपषद्को निर्णय अनुसार बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतले समेत कामकाज गर्नेगरी तोक्न सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया