धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात

लोकपथ
5.2k
Shares

काठमाडौं । काठमाडौं धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ । करिव एक महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् ।

सोमबार एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्नेछन् । आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ । सस्तो मुल्यमा धेरै खेलहरु एकैठाउ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य बिशेषता हो । साथै स–परिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ ।

अभिनेत्री प्रियंका कार्कीले सोमबार आयोजित एक भव्य कार्यक्रमको बीचमा ‘उप्स’ को उद्घाटन गरेकी छन् । रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन् । संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान् संग पुगेकी थिइन् । कार्यक्रममा बोल्दै प्रियंकाले सवै प्रकारका खेलहरु खेल्न सकिने ठाउ आकर्षक बनेको बताईन् । प्रियंका भन्छिन्, ‘सवै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए । ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ। ‘ छोरी आयंकासंग पुगेकी प्रियंकाले चाडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने जानकारी गराईन् ।

भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा संचालनमा आएको हो । नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । बिभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उदेश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?