काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
सोमबार जिल्ला प्रहरी कास्कीमा लामिछानेसहित अन्यविरुद्ध जाहेरी परे पनि दर्ता भने भएको छैन ।
सूर्यदर्शन सहकारीका पीडितहरुले आज जाहेरी बुझाएको कास्की प्रहरीका एक अधिकारीले लोकपथलाई जानकारी दिए ।
ती अधिकारीका अनुसार पीडितहरुले व्यक्तिसहित अन्य संस्थाहरुविरुद्ध समेत जाहेरी बुझाएका हुन् ।
यसअघि पनि पटकपटक लामिछानेविरुद्ध पीडितहरुले जाहेरी दिन खोजे पनि प्रहरीले जाहेरी लिन मानेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया