मजदुर दिवसको कार्यक्रममा महतोलाई ओली प्रश्न,‘नाकाबन्दी गरेर नेपालको विकास हुन्छ ?’

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले राम्रो का मगर्न थालेपछि समर्थन फिर्ता लिएको बताएका छन् । 

बुधवार मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको प्रधानमन्त्री ओलीको दाबी छ ।

उक्त आयोजित कार्यक्रममा राजपाका नेता राजेन्द्र महतोले ओली नेतृत्व सरकारको आलोचना गरेका थिए । 

‘राजेन्द्रजीलाई सीमामा नाकाबन्दी गरेर डिजेल पेट्रोल रोकेर नेपालको विकास हुन्छ ? भनेर सोध्न सक्थे तर, सोध्दिनँ’ प्रधानमन्त्री ओलीले भने । 

कतिपयलाई केही पनि भएन भन्ने बानि बसिको बताउँदै उनले भने, ‘साच्चै केही नभएको हो र ? होइन । इतिहासमै कहिल्यै नभएको काम भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?