उपराष्ट्रपति कार्यालय लैनचौरस्थित ग्रीन हाउसमा

काठमाडौं । उपराष्ट्रपति कार्यालयको भवन कान्तिपथबाट सरेको छ । 

उपराष्ट्रपति कार्यालय लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सरेको हो । आज (बुधवार)देखि उपराष्ट्रपति कार्यालय लैनचौरस्थित समाज कल्यणको भवनमा सरेको हो । 

सरकारले भदौ २१ गते समाज कल्याण परिषद्लाई त्यहाँबाट बालकल्याण समितिको भवनामा सार्ने निर्णय गरेको थियो । सोसँगै समाज कल्याणको भवनमा उपराष्ट्रपति कार्यालय र निवास बनाउने निर्णय गरेको थियो । 

गैरीधाराको सरकारी निवासमा बस्दै आएका थिए उपराष्ट्रपति नन्दबहादुर पुनले आजैदेखि समाज कल्यणको भवन निवासको रुपमा प्रयोग गर्ने छन् । तर, उपराष्ट्रपति कार्यालय भने केही दिनमा कान्तिपथमै रहने छ । 

समाज कल्याणको भवनलाई हरियो रङ लगाएर ग्रीन हाउस नामाकरण गरिएको छ भने बाहिरी कम्पाउण्ड समेतमा हरियो रङ लगाइएको छ ।

४५ कोठे यो भवनमा उपराष्ट्रपति निवास र कार्यालय दुवै हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?