धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि मेयर बालेन आक्रोशित

लोकपथ
770
Shares

काठमाडौं । सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अवरोध भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सो पार्किङ भाडामा लगाउने प्रयास भएको तर आफुले नदिने जनाएका छन् ।

उनले भनेका छन्- केही दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ पार्किङ बन्द गर्नु , उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन ।

उनले थपेका छन् – ‘अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन, महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ, अझै ब्यबस्थापन गर्दै लग्नेछौं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?