काठमाडौं । अल्कोहलको नकारात्मक असरबारे त हामी सबैलाई थाहा नै छ । यसले केवल पैसाको मात्र बर्बादी गर्दैन, हाम्रो स्वास्थ्यलाई धेरै नोक्सान पनि पु-याउँछ ।
रक्सीले हाम्रो शरीरको कलेजो, मृगौला र मुटुलाई विषको रुपमा काम गर्छ । लामो समयसम्म अल्कोहलको सेवनले हाम्रो छालामा पनि नकारात्मक असर पु-याउने गर्छ । आज हामी अल्कोहलको सेवनले हाम्रो छालामा पु¥याउने असर बारे जानकारी दिनेछौँ ।
छालालाई डिहाइड्रेट गर्छ
रक्सीको सेवनले छालामा डिहाइड्रेशनको समस्या बढ्न थाल्छ । डिहाइड्रेशनले गर्दा छाला सुख्खा हुने गर्छ । जसको परिमाण स्वरुप छालामा फाइनलाइन र चाउरीपनाको समस्या देखिन थाल्छ ।
छाला सुनिने समस्या
अल्कोहलको सेवनले छाला र शरीरका विभिन्न भाग सुनिने समस्या आउन सक्छ । साथै यसले छालामा रातोपन र संवेदनशीलता पनि बढाउन सक्छ ।
भासिडिलेसन
अल्कोहलको धेरै सेवनले छालाको सतह नजिकैको रक्तनलीहरुलाई फैलाउन सक्छ । यसरी रक्तनलीहरु फैलिँदा विशेष गरेर गाला र नाकको भागमा रातोपन धेरै देखिन सक्छ ।
छालाको अवस्था ब्रिगनु
अल्कोहलको सेवनले छालाको समस्यालाई बढाउँछ, जसमा मुँहासे र सोरायसिस पनि हुन सक्छ । अल्कोहले हर्मोनको स्तरलाई बाधा पु-याउँछ । त्यसको साथै छालामा तेलको उत्पादन बढाउन सक्छ । जसले छालाको विद्यमान समस्यालाई अझ बढि बिग्रान सक्छ ।
समय भन्दा पहिले नै बुढ्यौलीपन आउनु
लामो समयसम्म लगातार अल्कोलको सेवनले अक्सिडेटिभ तनाव र छालाको उमेर बढ्दै गएको हुन्छ । यसले छालामा रेखाहरु र छालाको रंगमा असमानता बढाउन थाल्छ ।
पोषक तत्वमा पनि कमि ल्याउँछ
अल्कोहलले भिटामिन ए, सी र ई को साथै सेलेनियम र एन्टिअक्सिडेन्टहरु अवशोषणलाई पनि रोक्छ । जुन छाला स्वास्थ्य रहनको लागि एकदमै महत्वपूर्ण पोषक तत्वहरु हुन् । यि तत्वहरुको कमीले छालामा सुख्खापन, सुनिने जस्ता समस्याहरु आउन सक्छन् । कोलेजनको उत्पादनमा पनि बाधा पुग्न जान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया