वाम गठबन्धनलाई हराउन नुवाकोट कांग्रेस तम्तयार, केसी र महत भए एकजुट

नुवाकोट । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरु प्रचारप्रसारमा होमिइसकेका छन् । आगामी मंसिर १० गते ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ४७ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ निर्वाचनको माहोल तातिरहँदा नुवाकोटतर्फ पनि धेरैको नजर परेको छ । किनकी चर्चित निर्वाचन क्षेत्रहरुमध्ये एक हो नुवाकोटका १ र २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र पनि । कांग्रेका शीर्ष नेताहरुमध्येका अर्जुननरसिंह केसी र डा. रामशरण महत उम्मेदवार रहेका कारण यी २ क्षेत्रको अवस्थाका बारेमा अहिले देशव्यापी चासो बढेको हो यतिमात्र नभई माओवादीका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पनि नुवाकोटबाटै चुनावी मैदानमा छन् । यस्तै तीन नम्वर प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा हेरिएका कांग्रेस युवा नेता जगदिश्वर नरसिंह पनि यहीबाट प्रदेशसभा चुनावको मैदानमा छन् । माओवादी नेतृ एवं पुर्व राज्यमन्त्री राधिका तामाङ पनि प्रादेशीक चुनावमै छिन् राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेतादेखि भावी मुख्यमन्त्रीका दावेदारसम्म उम्मेदवार भएका कारण पनि नुवाकोट यतीबेला राष्ट्रिय चर्चाको केन्द्रमा रहेको सहजै अनुमान गर्न सकिन्छ विगतको नतिजानुवाकोट जिल्लामा यसअघि तीन निर्वाचन क्षेत्र रहेकामा यस पटक दुई निर्वाचन क्षेत्र कायम भएका छन् । विगतको चुनावी नतिजा हेर्दा फाट्टफुट्ट बाहेक नुवाकोटमा कम्युनिष्टहरुका लागि विजय त्यति सहज छैन । यद्यपी अहिले एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलका कारण यस पटक भने तिब्र प्रतिश्पर्धा हुने अनुमान गर्न सकिन्छ । तालमेल अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर एकमा एमाले रमाओवादीको साझा उम्मेदवारको रुपमा हितबहादुर तामाङ छन् भने २ मा नारायण खतिवडा । यस्तै कांग्रेसबाट एक नम्बर क्षेत्रमा रामशरण महत रहँदा २ नम्बरमा अर्जुन नरसिंह केसी रहेका छन् पहिलो संविधानसभा निर्वाचनमा तीन मध्ये दुई क्षेत्र जितेको तत्कालिन नेकपा माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा भने दुवै सिट गुमाउनु परेको थियो । अर्थात २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले नुवाकोटमा ऐतिहासिक सफलता हात पार्न पुग्यो उसले तीनै निर्वाचन क्षेत्रमा विजय हासिल गर्न सफल भयो । दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालिन क्षेत्र नम्वर एकबाट नेता अर्जुननरसिंह केसी निर्वाचित भएका हुन् । उनले १७३४६ मत ल्याएका थिए भने माओवादीकी उम्मेदवार बिमला सुवेदीले ९१४५ र राप्रपाका डा. प्रकाशचन्द्र लोहनीले ६९२७ मत ल्याएका थिए यो क्षेत्रमा एमाले निकै कमजोर देखिएको थियो । एमालेले मात्र ६४०१ मत ल्याएको थियो यस्तै नुवाकोट क्षेत्र २ मा डा. रामशरण महत १८८३१ मत सहित बिजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका हितबहादुर तामाडले १५२३३ र एमालेकी शान्ता थापाले २२५८ मत ल्याएकी थिइन् । यो क्षेत्रमा पनि एमाले कमजोर देखिएको थियो यस्तै तत्कालिन क्षेत्र ३ मा कांग्रेसका युवा नेता बहादुरसिह लामा तामाङ १७४९५ मत सहित विजयी भएका थिए भने यो क्षेत्रमा माओवादी र एमालेको लगभग बराबर मत आएको थियो । एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ९२७५ मत र माओवादीका नेता स्व. पोष्टबहादुर बोगटीले ८५०८ मत ल्याएका थिए वर्तमान अवस्थाअहिले निर्वाचन क्षेत्र गाभिएर नुवाकोटमा दुई वटा भएको हो भने स्थानीय तहको निर्वाचनको परिणाम अनुसार दलहरुको हैसियत पनि केही परिवर्तन भएको देखिन्छ हाल कायम भएको क्षेत्र नम्वर एकमा रहेका गाउँपालिकाहरुमध्ये शिवपुरीमा, दुप्चेश्वर, तादी, सुर्यगढी र लिखुमा कांग्रेस विजयी भएको छ भने मञ्चकन्या र ककनीमा माओवादी विजयी भएको छ यस्तै क्षेत्र नम्वर दुई अन्तरगतको बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ भने मेघाङ र किस्पाङ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो स्थानीय तहको निर्वाचनमा कांग्रेस सातवटा तहमा विजयी भएको थियो भने एमाले तीन र माओवादी दुई तहमा विजयी भएको अवस्था छ । तर, स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रले पाएको मत विश्लेषण गर्दा दुवै क्षेत्रमा वाम गठबन्धनको पक्षमा बढी मत देखिएको छ क्षेत्र नम्वर एकमा वाम गठबन्धनको १६९०२ मत बढी देखिएको छ भने क्षेत्र नम्वर दुईमा वाम गठबन्धन ११४६५ मतले अघि देखिएको छ तर, विगतको संसदीय चुनावको उदाहरण, राष्ट्रिय व्यत्तित्व, गठबन्धनभित्रको अन्तरविरोधलगायतका कारण कांग्रेसका उम्मेदवारले प्रतिनिधिसभा निर्वाचनमा बढी मत पाउने देखिन्छ । अघिल्लो संविधानसभाको परिणामले पनि त्यस्तै देखाएको छ ।हितबहादुरलाई गठबन्धनभित्रको असन्तुष्टि टाउको दुखाईनुवाकोटको निर्वाचन क्षेत्र नम्वर एकमा कांग्रेसका पूर्व सहमहामन्त्री एवं शीर्ष नेता डा. रामशरण महत उम्मेदवार छन् उनीसँग माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री हितबहादुर तामाङ वाम गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् तामाङ यसअघिका दुवै चुनावमा महतसँग झिनो मत अन्तरले पराजित भएका नेता हुन् । यस पटकको चुनावमा आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका तामाङलाई एमालेमा देखिएको असन्तुष्टि चुनौतिको पहाड बनेर आएको छ एमाले नेता राजेन्द्र लोहनी लगायत केही नेताहरु टिकट नपाएकोमा असन्तुष्ट देखिएका छन् । यसपटक यो क्षेत्रमा कांग्रेसको खास विवाद देखिएको छैन । कांग्रेसका जिल्ला कोषध्यक्ष महेन्द्र थिङ र युवा नेता रमेश महत प्रदेशसभाको उम्मेदवार छन् थिङसँग माओवादीकी नेतृ एवं पुर्व राज्यमन्त्री राधीका तामाङ र महतसँग एमालेका जिल्ला उपाध्यक्ष बद्री मैनाली मैदानमा छन् अलोकप्रिय खतिवडा, चतुर केसीयता निर्वाचन क्षेत्र नम्वर दुईमा कांग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका शीर्ष नेता अर्जुननरसिंह केसी चुनावी मैदानमा छन् । उनीसँग एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडा मैदानमा उत्रिएका छन् कांग्रेसको केन्द्रीय राजनीतिमा पकड भएका केसीलाई हराउन एमालेका उम्मेदवार खतिवडालाई फलामको च्यूरा चपाए सरह हुनेछ । राजनीतिका चतुर खेलाडी केसीलाई हराउन वाम गठबन्धनका उम्मेदवार खतिवडा लागिपरेका छन् । तर, एमालेकै कार्यकर्ता पंक्तिमा खतिवडा अलोकप्रिय देखिएका छन् त्यसो त पुर्व मन्त्री महेन्द्र पाण्डेले पनि उक्त क्षेत्रमा निर्वाचन लड्न चाहेका थिए । पाण्डे भन्दा स्थानीय तहमा लोकप्रिय रहेको भन्दै खतिवडालाई उठाइएको हो । अघिल्लो चुनावमा खतिवडाले कार्यकर्तालाई विच्क्याउने काम गरेको आरोप पनि लागेको थियो । यो क्षेत्रमा पूर्व माओवादी नेतृ लक्ष्मी मुभडरी पनि उम्मेदवार छिन् । उनी ३३ दलिय मोर्चा अन्तरगत उम्मेदवार बनेकी छिन् र उनलाई असन्तुष्ट माओवादी कार्यकर्ताको मत जाने सम्भावना देखिएको छ यो क्षेत्रबाट प्रदेशसभामा उठाइएका कांग्रेसका युवा नेता जगदिश्वरनरसिंह केसीलाई तीन नम्वर प्रदेशको भावी मुख्य मन्त्रीका रुपमा कांग्रेसले प्रचार गरेका कारण पनि चुनावी माहौल तात्तिएको छ । केसीले पनि आफुलाई पार्टी नेतृत्वले प्रदेशमा आउनसक्ने जस्तोसुकै जिम्मेवारी बहन गर्ने तयारी स्वरुप उम्मेदवार बनाएको बताएका छन् केसीसँग एमालेका केशव पाण्डे चुनावी मैदानमा छन् । यस्तै कांग्रेसका युवा नेता जगत तामाङ र माओवादीका जिल्ला संयोजक हिरानाथ खतिवडाका बीचमा पनि प्रादेशिक चुनावमा कडा टक्कर हुने देखिएको छ स्थानीय तहको निर्वाचनको ताजा परिणाम, जिल्लामा उम्मेदवारी दिएका नेताको राजनीतिक उचाई र अघिल्लो संविधानसभाको परिणामलाई समेत हेर्दा नुवाकोट जिल्लाका दुई निर्वाचन क्षेत्र र चार प्रादेशीक निर्वाचन क्षेत्रमा कस्ले बाजि मार्ला अहिले नै भन्न सकिने अवस्था त छैन तर, नुवाकोटको राजनीतिक इतिहासको विश्लेषण गर्दा बाम गठबन्धनका उम्मेदवारलाई भन्दा कांग्रेसका उम्मेदवारकालागि नुवाकोट सहज देखिन्छ केसी महत एकजुटभनिन्छ— नुवाकोटमा केसी महत मिले कसले कांग्रेस हराउन सक्छैन । गएको स्थानीय तह निर्वाचनमा कांग्रेसभित्र अन्तर्घात भएको भन्दै कांग्रेसभित्रैबाट केसी र महतको चर्को आलोचना भएको थियो । तर, यसपटक केसी र महत एकजुट भएर अघि बढेका छन् वाम गठबन्धनका उम्मेदवारलाई हराउनका लागि केसी र महत एकताकासाथ अघि बढेका त छन् नै नुवाकोटका कांग्रेसी नेता कार्यकर्तासमेत उत्साही भएर चुनावी अभियानमा खटिएका छन् राप्रपा लगायत लोकतान्त्रिक शक्तिको मत कांग्रेसलाई जाने समेत निश्चित भइसकेको छ । यस्तै पार्टीगत र व्यक्तिगत प्रभाब समेत कांग्रेस उम्मेद्वारको रहेको कारण स्थानीय तहको निर्वाचनको मतपरिणमलाई हेरेर नुवाकोटको निर्वाचनको परिणमबारे आकलन गर्न सकिने अवस्था छैन तर, नुवाकोटमा कांग्रेसका शीर्ष नेताको पक्षमा चुनावी माहोल बन्दै गएको भने नुवाकोटमा चर्चा सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?