अरुण चौधरीपछि बाँसबारीका तत्कालिन सञ्चालक समिति अध्यक्ष थापा पक्राउ

लोकपथ
959
Shares

काठमाडौं । नेपालको ठूलो व्यवसायीक घराना चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङस्का अध्यक्ष एवं व्यवसायी अरुण चौधरीसहित अर्का एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले चौधरीलाई बिहीबार दिउँसो लैनचौरबाट पक्राउ गरेको हो । त्यस्तै सिआइबीको टोलीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई समेत पक्राउ गरेको छ । उनलाई बिहीबार (आज) नै काठमाडौंको बत्तिसपुतलीबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

सिजी होल्डिङ्सले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा आफ्नो स्वामित्वमा रहेको आरोप रहेको छ । त्यसमा मुख्य भूमिका खेलेका चौधरीसहित सहयोगीका रुपमा रहेका रहेका तत्कालिन अध्यक्ष थापालाई पक्राउ गरिएको हो ।
सरकारी जग्गा चौधरी ग्रुपको नाममा ल्याइ हाल त्यहाँ चाँदबाग स्कुल सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?