कञ्चनपुर । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका-३ स्थित पूर्णागिरी कन्सट्रक्सनमा विद्युत पोल गाड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका(१ बस्ने ३२ वर्षीय राधेश्याम रानाको बुधबार बिहान मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका सोही कन्सट्रक्सनमा काम गर्ने रानाको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया