मानिसको हात जस्तो देखिने अनौठो चट्टान

लोकपथ
0
Shares

काठमाडौं । काश्मीरको उत्तरी इलाका पाकिस्तानको अधिनमा रहेको क्षेत्र हो ।

यस क्षेत्रमा स्कार्दु नामको सहर रहेको छ । स्कार्दु सहरको हुसैनबाद उपत्यकामा एउटा अद्भुत चट्टान अवस्थित रहेको छ । त्यस चट्टानको नाम मर्सुर रक हो तर त्यसलाई हुसैनाबाद स्ल्याब पनि भन्ने गरिन्छ ।

यो चट्टान हेर्दा मानिसको हात जस्तो देखिन्छ । यस चट्टानमा जानका लागि भने निकै कठिन रहेको छ । तर मानिसहरु जब त्यहाँ पुग्छन् तब सबै थकान हटेर जाने प्रतिक्रिया दिन्छन् ।

सामाजिक सञ्जाल मार्फत यस चट्टानको भिडियो चर्चामा आइरहेको छ । भिडियोमा एकजना महिला चट्टानमा उभिरहेकी छिन् । तर ति महिलालाई हेर्दा मानिसको हातको औँलामा उभिएको जस्तो देखिएको छ ।

यो चट्टान ११ हजार ८११ फिटभन्दा माथि उचाईमा अवस्थित रहेको छ । यो चट्टान हावामा २५ फिट चौडाइ, जमिनमुनि १३ फिट र जमिनमाथि १५ फिट चौडाइ रहेको छ । चट्टानको अर्को छेउको भाग भने साढे दुई फिट चौडाइ मात्र रहेको छ ।

यस चट्टानमा पुग्न भने मानिसहरुलाई लगभग ४ घण्टा लाग्न सक्छ । जति जति माथि पुगिन्छ मानिसहरुको थकाइसँगै उनीहरुको सास पनि फुल्न थाल्छ । वास्तवमा यो चट्टानले मानिसहरुको इच्छा शक्तिको परीक्षण गरिरहेको जस्तो लाग्छ । त्यसैले बलियो, हिम्मत र साहस भएका व्यक्तिले मात्र यसलाई जित्न सक्छन् । तर यो चट्टानमा पुग्न सफल भएपछि त्यँहाको सुन्दर दृश्यले थकाईका महसुस नै गराउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?