अक्षय र टाइगरले दिए राम मन्दिर प्राण प्रतिष्ठाको शुभकामना

लोकपथ
322
Shares

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । सो अवसरमा विश्वभरबाट शुभकामना प्रदान गरिएको छ ।

सो अवसरमा बलिउडका अधिकांश चर्चित कलाकारहरु पनि अयोध्या पुगेका छन् । यस अवसरमा कलाकारहरु प्राण प्रतिष्ठाको साक्षी बनेका छन् । कति कलाकारहरुले यस शुभ अवसरमा खुशी व्यक्त गर्दै आफ्ना फ्यानहरुलाई शुभकामना दिएका छन् । अक्षय कुमार, टाइगर श्राप, सन्जय दत्त र माधवनले राम मन्दिरको प्राण प्रतिष्ठाको बधाई तथा शुभकामना दिएका छन् ।

टाइगर श्राप र अक्षय कुमार अहिले ‘बडे मियाँ छोटे मियाँ’ चलचित्रको सुटिङको लागि जोर्डन पुगेका छन् । यस समारोमा उपस्थित हुन नसकेपछि उनीहरुले आफ्ना फ्यानहरुलाई राम मन्दिर प्राण प्रतिष्ठानको शुभकामना दिँदै भिडियो सार्वजनिक गरेका छन् ।

भिडियो सार्वजनिक गर्दै उनीहरुले ‘जय श्री राम, आजको दिन संसारभरि नै रहेका राम भक्तहरुको लागि ठुलो दिन हो । धेरै वर्ष पछि राम आफ्नो घर अयोध्या आउने दिन आएको छ ।

हामीहरु सबैले बाल्यकाल देखि नै यसको बारेमा धेरै कुराहरु सुन्दै आइरहेका थियौँ । यस्तो दिनलाई हामीले देख्न, सुन्न पाउनु भनेको धेरै ठुलो कुरा हो । हामी दीप प्रज्वलन गरेर रामोत्सव मनाउने क्षणको पखाईमा रहेका छौँ । हामी दुईजनाको तर्फबाट तपाईं र तपाईंको परिवारलाई यस शुभ दिनको हार्दिक मंगलयम शुभकामना । जय श्री राम ।’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?