काठमाडौं । भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठामा मुख्य भूमिका निर्वाह गरेका थिए ।
केहीबेरअघि मन्दिरको मन्दिरको गर्भगृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएको हो । सो समारोहमा भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि समेत गरेको थियो ।
आज बिहानैबाट अयोध्यामा विभिन्न ख्यातीप्राप्त कलाकारहरुले राम भजन गाएका थिए । हिन्दूहरुको पवित्र स्थलको रुपमा स्थापित भएको राम मन्दिरको उद्घाटन समारोहका बारेमा विश्वभर चर्चा भइरहेको छ । सो सन्दर्भमा भारत सरकारले आधा दिनको बिदा समेत दिएको छ । भने नेपालका कतिपय स्थानीय तहले समेत बिदा दिएका छन् ।
सन् १९९२ हिन्दुहरुले त्यहाँ रहेको बाबरी मस्जित भत्काएपछि त्यहाँ मन्दिर बनाउने वा नबनाउने भन्ने विषयमा विवाद रहेको थियो । मस्जित बनाउनका लागि अन्यत्र ठाउँ दिने र राममन्दिर त्यँही बनाउन सन् २०१९ मा भारतको सर्वोच्च अदालतले आदेश दिएपछि सन् २०२० बाट मन्दिर निर्माणको काम हुँदै आइरहेको थियो । आगामी डिसेम्बरमा मात्रै सम्पन्न हुने भनिएको मन्दिर आज उद्घाटन गरिएको हो । कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले हुने लोकसभा निर्वाचनलाई टार्गेट गरेर मन्दिर उद्घाटन गरेको भन्दै आलोचना समेत गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया