रश्मिकाको डीपफेक प्रकरण : एक कसुरदार पक्राउ

लोकपथ
686
Shares

काठमाडौं । साउथसँगै बलिउडमा पनि आफ्नो अभियनको जादु देखाएकी चर्चित अभिनेत्री रश्मिका मन्दना पछिल्लो वर्ष डिपफेकको शिकार भएकी थिइन् ।

लामो समयदेखि यस प्रकरणमा छानबिन गरिरहेका दिल्ली प्रहरीले कसुरदारलाई हिजो दिल्ली पुलिसले पक्राउ गरेको छ । प्रहरीका अनुसार ती कसुदारले पहिले पनि धेरै साइबर क्राइम सम्बन्धी अपराध गरिसकेका छन् । पुलिसको यो ठुलो सफलता पछि अभिनेत्रीले सामाजिक सञ्जालमा प्रहरीलाई आभार व्यक्त गर्दै पोष्ट सेयर गरेकी छिन् ।

रश्मिकाले पोष्ट सेयर गर्दै भनेकी छिन्, ‘दिल्ली पुलिसलाई धेरै धेरै धन्यवाद । डिपफेक सम्बन्धी प्रकरणमा दोषीलाई पक्रनु भएकोमा धन्यवाद । यस्तो समाजको हिस्सा हुन पाएकोमा म आफुलाई गर्व महसुस गर्छु । जसले मलाई यति धेरै माया दिएका छन् । सधै मेरो हौसला बढाएर मेरो रक्षा गर्छन् ।’

समाजमा बढिरहेको साइबर क्राइमलाई देखेर उनी आफ्नो फ्यानलाई सुझाव दिँदै उनी थप लेख्छिन्, ‘यदि तपाईको तस्बिर तपाईंको इच्छा बिना कसैले प्रयोग गर्छ भने त्यो गलत हो । आशा गर्छु कि यो पोष्टले तपाईंहरुलाई सम्झाउन मद्दत गर्ने छ । जुन समाजमा तपाईं बस्नुहुन्छ त्यस समाजका मानिसहरुले तपाईंलाई सधै माया र समर्थन गरिरहने छन् ।’

रश्मिका पछि नोरा पनि डीपेफेकको शिकार

हालैमा नोरा फतेही पनि डीपफेकको शिकार बनेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो डीपफेक भिडियो भाइरल भएको जानकारी गराएकी थिइन् । भाइरल भएको भिडियोमा नोरा फतेही एउटा कम्पनीको विज्ञापन गरिरहको देखिन्छ । तर वास्तवमा त्यो भिडियोमा नोरा नभएको जानकारी गराएकी थिइन् । रश्मिका पछि आलिया भट्ट, क्याटरिन कैफ, प्रियंका चोपडा जस्ता चर्चित बलिउडका अभिनेत्रीहरु डीपफेकको शिकार भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?