मकवानपुर । जिल्लाको थाहा नगरपालिका, चितलाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय eduroam सेवा सुरुवात गरिएको छ । यो सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) को प्राविधिक सहयोगमा सुरुवात गरिएको हो ।
यससँगै एडुरोममा जोडिएका सङ्घसंस्थाका प्रतिनिधिहरू मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पुग्दा सुरक्षित इन्टरनेटमा सजिलै पहुँच पाउन सक्ने भएका छन् । Radius server को मार्फत प्रयोगकर्ताको प्रमाणीकरण गरिने हुँदा eduroam अन्य wifi को तुलनामा अधिक सुरक्षित मानिन्छ । साथै अनुसन्धानकर्ताहरू एडुरोममा आवद्ध देश तथा विदेशमा रहेको अर्को शैक्षिक तथा अनुसन्धान संस्था पुग्दा त्यहाँ समेत निःशुल्क इन्टरनेटमा जोडिन सक्ने छन् ।
एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरू एक संस्थाबाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् । हाल ११० भन्दा बढी देशको सङ्घसंस्थाहरूमा एडुरोम सञ्चालनमा आइसकेको छ । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहुच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।
eduroam दुई वटा छुटृा छुटृै शब्दहरुको समिश्रणबाट बनेको शब्द हो । यसका अगाडिकातीन edu ले education र पछाडी का चार अक्षर roam ले roaming भन्ने अर्थ लाग्ने गर्दछ । वास्तवमा शिक्षा र अनुसन्धानका क्षेत्रमा अनुसन्धान गर्नेहरुको लागि यो एउटा अत्यन्तै महत्वपूर्ण हटस्पट सेवा हो । यो सेवा आज विश्वका धेरै भन्दा धेरै विश्वविद्यालय, अस्पताल, Airport तथा अनुसन्धान केन्द्रहरुले प्रयोग गर्ने गरेका पाइन्छन् ।
नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN, राष्ट्रिय रोमिङ अपरेटर (NRO) को रूपमा, विभिन्न शैक्षिक संस्था, रिसर्च institutions र अस्पताल हरुमा हरुमा eduroam सेवालाई निशुल्क जडान गर्न अभिप्रेरित गरिरहेको छ । काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (National Academy of science and Technology) लगायत २७ वटा सङ्घसंस्था यस सञ्जालमा आबद्द भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया