‘जोनी जोनी एस पापा’ को शास्त्रीय संस्करण सामाजिक सञ्जालमा भाइरल

लोकपथ
273
Shares

काठमाडौं । सामाजिक सञ्जालमा दिनहुँ कुनै न कुनै भिडियो भाइरल भइरहेको हुन्छन् । कुनै भिडियोलाई मानिसहरुले मनपराउदैनन् भने कुनैलाई मन पराउँछन् ।

रमाइलो र मनोरञ्जनात्मक खालका भिडियोलाई प्रायजसो मानिसहरुले मन पराउने र सेयर गर्ने गरेका छन् । यस्तै भिडियोहरुमा अहिले एउटा भिडियो सामजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

‘जोनी जोनी एस पापा’ हामी सबैले पढेका थियौं भने यसलाई सम्झनका लागि निकै मेहनत पनि गरेका थियौँ । किनभने हामी सबैका अभिभावहरुले अरुका छेउमा यो सुनाउन भनिरहेका हुन्थेँ । आजका बच्चाहरुलाई पनि यो लागू भइररहको छ । ‘जोनी जानी एस पापा’ को एउटा संस्करण आजभोलि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन निकै मनोरञ्जनात्मक रहेको छ ।

भाइरल भिडियो ‘जोनी जोनी एस पापा’ को शास्त्रीय संगीत संस्करण हो । भिडियोको बिचमा बसेका व्यक्तिले ‘जोनी जोनी एस पापा’ गाइरहेका छन् । एक छेउमा बसेकाले हार्माेनियम बजाइरहेका छन् भने अर्को छेउमा बसेकाले तबला बजाइरहेका छन् ।

पछाडि बसेका दुईजना व्यक्तिहरुले गाइरहेका व्यक्तिलाई निरन्तर साथ दिइरहेका छन् । भाइरल भएको यो भिडियो हेरेपछि सबैले यसमा प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?