पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’ को प्रमाणीकरण

लोकपथ
1.4k
Shares

काठमाडौं । पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’को प्रमाणीकरण गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सिद्धार्थ ग्रुपको यस रिसोर्टलाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको छ ।

खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरमा क–अतिउत्तम, ख–उत्तम, ग– सन्तोषजनक र घ–सामान्य गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ । सिद्धार्थ रिभरसाइडले पाएको वर्गीकरण सबैभन्दा उत्कृष्ट स्तर हो । पृथ्वी राजमार्गको मध्य भागमा रहेको यस रिसोर्टबाट काठमाडौं र पोखरा १००/१०० किलोमिटरको दूरीमा पर्छ ।

भैरहवाको पहिलो पाँचतारे होटल ’सिद्धार्थ भिलासा’, सौराहाको लक्जरी रिसोर्ट ’सिद्धार्थ भिलासा वनवास लगायत देशका विभिन्न सहरमा सिद्धार्थ ग्रुपका तारे होटल, रिसोर्ट, कटेज, क्याफे सहित करिब ३ दर्जन आउटलेट सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?