काठमाडौं । व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
अग्रवालको क्षेत्रपाटीस्थित निवासबाट विभागको टोलीले छापा मारेर २ करोड नगद समेत बरामद गरेको छ ।
त्यस्तै टोलीले अग्रवालसहित ३ जनालाई पक्राउ गरेको छ ।
उनीमाथि सुन, क्रिप्टोकरेन्सी र हुन्डी कारोबार गर्ने गरेको आरोप रहेको छ ।
उनी क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया