काठमाडौं उपत्यकासहित काभ्रे र दोलखामा श्रृंखलाबद्ध चोरी गर्ने व्यक्ति पक्राउ

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित काभ्रे र दोखलामा श्रृंखलावद्ध रुपमा चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा शैलुङ घर भइ हाल भक्तपुरको मध्यपुर थिमिस्थित निकोसेरा बस्ने ४० वर्षीय रघुनाथ बस्नेत रहेका छन् ।

उनले रातको समयमा कोही नभएको मौका पारी घरकोठा भित्र प्रवेश गरी सुन,चाँदीका गरगहना तथा नगद धनमालहरु चोर्ने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको टोलीले पुस २४ गते निकोसेराबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

उनीविरुद्ध काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाहरुमा विभिन्न मितिहरुमा यस भन्दा अगाडी चोरी मुद्दामा ९ वटा र अभद्र व्यवहार मुद्दामा ३ वटा गरि जम्मा १२ वटा मुद्दामा कारवाही भईसकेको प्रहरीले जनाएको छ ।

उनले ललितपुरको झम्सीखेलमा बस्ने ठाकुरनाथ ढकालको घरमा गत पुस १ गते ३७,१६,९२५ बराबरको नगद र धनमाल चोरी भएको घटना सम्बन्धमा जाहेरी दरखास्त लिई अनुसन्धान भईरहेको छ ।

त्यस्तै सानेपाकी सुप्रिया राईको कोठाबाट गत मंसिर १७ गते २४,७६,००० बराबरको नगद र धनमाल चोरी भएको घटना सम्बन्धमा जाहेरी दरखास्त लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कार्तिक १५ गते ललितपुर नपा–२ सानेपास्थित डेरा गरी बस्ने एक जर्मन नागरिक र कार्तिक २४ गते नर्वेजियन नागरिकको कोठाबाट विभिन्न धनमाल चोरी गरेका थिए ।

उनलाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?