एटिएम मेसिन भनेर पासबुक प्रिन्टर चोरेपछि …

लोकपथ
0
Shares

काठमाडौं । हामीले प्रयाजसो एटिएम मेसिन चोरी भएको घटनाहरु मात्र सुनेका छौँ । तर एउटा व्यक्तिले एटिएम मेसिन भन्दै पासबुक प्रिन्टर मेसिन चोरी गरेका छन् ।

भारतको राजस्थानस्थित सिकर जिल्लाको उद्योग नगर क्षेत्रमा रहेको स्टेट बैंक अफ इन्डियाको एटिएम मेसिन चोर्न गएका चोरले एटिएम मेसिन चिन्न नसकेर पासबुक प्रिन्टर मेसिन चोरी गरेका हुन् । यो घटना भएको केही समयमा नै गस्तिमा रहेका उद्योग नगरका पुलिसले उनलाई पक्राउ गरेको थियो ।

पुलिसका अनुसार रामकल्याण गाउँ निवासी पिन्टु मणी एटिएम मेसिन चोरी गर्न आएका थिए । तर एटिएम मेसिनसँगै पासबुक मेसिन पनि थियो । जसलाई देखेर चोर्न आएका पिन्टु मणीले एटिएम मेसिन कुन चाहि भनेर चिन्न सकेनन् । दुवै मेसिनलाई उनले थिच्ने र चलाउने गर्न थाले उनको केहि सिप नलागेपछि उनले पासबुक मेसिन बोकेर हिडेका थिए । यसै क्रममा उनलाई पुलिसले प्रकाउ गरेको थियो । पुलिसको अनुसार उनी चोरी गर्न आएका एसबीआई बैंकको एटिएम मेसिनमा १२ लाख रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?