काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पवनकुमार कार्की नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले भनिन्, ‘अर्थमन्त्रालयको प्रस्तावमा रिक्त रहेको नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पवनकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ,’
त्यस्तै बैठकले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया