आफूभन्दा ४६ वर्ष कान्छी महिलासँग माया बसेपछि…

लोकपथ
469
Shares

काठमाडौं । भनिन्छ माया अन्धो हुन्छ । यसले जात, धर्म, ठुलोसानो, धनी–गरीब केहि पनि हेर्दैन ।

मानिसहरु आफु भन्दा कम उमेर भएका र धेरै उमेर भएका व्यक्तिहरुको मायामा रहेका हुन्छन् ।

क्यानडामा त्यस्तै भएको छ । ४६ वर्ष उमेर अन्तर भएको एक जोडी अहिले ट्रोलको शिकार बनेका छन् । यति धेरै उमेरको अन्तर भए पनि उनीहरु एक अर्कोसँग प्रेममा रमाइरहेका छन् । सामजिक सञ्जालमा यो जोडिको धेरै मानिसहरुले मजाक गर्ने गरेका छन् । यस्तो मजाकहरुले यो जोडि निकै हैरानी हुने गरेको प्रतिक्रिया दिँदै आएका छन् । यिनीहरुको जोडि हेर्दा हजुरबुबा र नातिनी जस्तो देखिन्छ ।

दिल्ली स्टार न्यूज वेबसाइटको रिर्पोट अनुसार २९ वर्षिया अभिनेत्री फैबिएन लैफेरिएरीको प्रेमिको नाम डेनीस हो । उनी ७५ वर्षका भए । यी दुईजनाको भेट् फैबिएनले आयोजना गरेको परोपकार कार्यक्रममा भएको थियो । यस कार्यक्रमपछि उनीहरुको भेट बढ्दै गयो र उनीहरु मायामा परे ।

डेनिसले स्टक मार्केट र अन्य स्रोतबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । मानिसहरुले फैबिएनले पैसाको लागि मात्र डेनिससँग प्रेम गरेको भन्दै आलोचना गर्दै आइरहेका छन् । दुवैले सामजिक सञ्जाल मार्फत फैबिएनले आफ्नो खर्च आफै उठाउने र डेनिसमा निर्भर नहुने बताएका छन् । तर डेनिसले उनलाई गिफ्टहरु भने दिइरहने गरेका छन् । उनीहरु दुवैले कहि समय अघि पोडकास्टमा भाग लिएका थिए । भाग लिँदै उनीहरुले भने, ‘मानिसहरुले हामीहरुलाई के भन्छन्, के सोच्छन् भन्ने कुराले फरक पर्दैन । हामी एक अर्काको मायामा रमाइरहेका छौँ ।’

डेनिसको २ जना छोराछोरी भन्दा उनकी प्रेमिका काछी रहेकी छिन् । फैबिएनले उनको प्रेमीसँग खुसी रहेको र आफ्नो करियरमा बढि ध्यान दिने र आफूलाई सन्तान नचाहिएको स्पष्ट पारेकी छिन् । भने डेनिसले सधै आफू भन्दा कान्छी केटिहरुसँग डेट गर्ने गरेको उनी निकटले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?