कानून निर्माणमा सरकार गम्भीर भएन : बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कानून निर्माणमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

सोमवार डा. रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ नामक पुस्तक विमोचनका लागि राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद् पनि व्यवहारिक भएन ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?