न्यायाधीश गिरीविरुद्धको मुद्दाको पेशी तोकियो

लोकपथ
49
Shares

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध परेको वैवाहिक बलात्कारसम्बन्धी मुद्दाको पेशी तोकिएको छ ।

निलम्बित न्यायाधीश गिरीविरुद्ध उनकी श्रीमती आरती गिरीले दायर गरेको रिट निवेदनको पेशी न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

उनकी पत्नीले न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेकी थिइन् । दुवै अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।जिल्ला अदालतको आदेशविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेकोमा

उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

उनले न्यायाधीश गिरीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहित रिट दायर गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?