सूदूरपश्चिम प्रदेशको लगातार जित

लोकपथ
371
Shares

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका ३ खेलाडीले उत्कृष्ट अर्धशतकीय पारि खेले । पहिलो विकेटका लागि खडक बोहोरा र टेक रावतले १३८ रनको साझेदारी गर्दै घरेलु प्रतियोगितामा कीर्तिमान पनि कायम गरेका छन् ।

बोहोरा ८०  रन बनाएर आउट हुँदा रावतले ५९ रनको पारि खेले । यसैगरी किरण ठगुन्नाले ५० रन बनाउँदा नारायण जोशीले १२ बलमा ३१ रनको तुफानी पारि खेलेका थिए । यस्तै राजु रिजालले १९ रन बनाउँदा नारायण भट्टले १५ रन बनाए ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिश सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले एक–एक विकेट लिए ।

२७८ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेश ३७.२ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा समेटिन पुग्यो । कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अर्जुन घर्तीले २४ रन बनाए । यस्तै, दिनेश अधिकारीले २० तथा हिमांशु शाहीले १७ रन जोडेका थिए ।

कर्णालीलाई रोक्ने क्रममा सुदूरपश्चिम प्रदेशका शेर मल्लले ४ विकेट लिए । विकास अग्रीले २ विकेट लिँदा नारायण जोशी र भोजराज भाटले एक–एक विकेट हात पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?