सर्वस्वसहित जन्मकैद सजाय पाएका प्रतिवादी २१ वर्षपछि पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । सर्वस्वसहित जन्मकैद सजाय पाएका प्रतिवादीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका ७० वर्षीय सुर्यबहादुर दवाडी रहेका छन् ।

दवाडीले २०५९ साल फागुन ११ गते तत्कालिन मैदी गाविस–९ (हाल ज्वालामुखी गाउँपालिका) स्थित आफ्नै घरमा अंशसम्बन्धी निँहुमा आफ्नै श्रीमतीको हत्या गरेका थिए । दवाडीले उनकी श्रीमती सानुमाया दवाडीको हत्या गरी आफैँले रुपमा झुण्डाएका थिए । श्रीमतीले आत्महत्या गरेको भन्दै सतगद गरेकोमा २०६१ साल जेठ ५ गते जिल्ला अदालत धादिङले दोषी ठहर गरेको थियो ।

त्यस्तै २०६७ साल माघ १७ गते सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तत्पश्चात मुद्दा पुनरावेदन हुँदा पुुनरावेदन अदालत पाटनले फैसला जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । उनी सोही समयदेखि फरार रहि आएकोमा भारतको विभिन्न स्थानमा बस्दै आइरहेका थिए ।

केही समय अघि मात्र नेपाल प्रवेश गरेका उनलाई सोमबार केन्द्रीय अनुसन्धानको टोलीले रुपन्देहीको बेलहियाबाट पक्राउ गरी जिल्ला अदालत धादिङमा बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?