काठमाडौं ।छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राई समेत२ जनालाई अवैध लागुऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले पक्राउगरेको हो । अस्थायी प्रहरी पोष्ट पत्राङ्बारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राहुल ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी बिट मेचिपुलबाट खटिएकोप्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ
गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया