विरोध प्रदर्शनको प्रयास गरेकी आरती रावल सर्वोच्चको गेटबाटै पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालत पुगेर विरोध प्रदर्शनको प्रयास गरेकी प्रहरीले उनलाई गेटबाटै पक्राउ गरेको हो ।

आरतीले आफ्ना पति भुवन गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । उनको मुद्दा अदालतमा विचाराधीन छ ।

दुई दिनअघि आरतीले सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?