बिहान उठ्ने बित्तिकै फोन हेर्नुहुन्छ ? सावधान ! यसले स्वास्थ्यमा असर पार्न सक्छ !

लोकपथ
2.5k
Shares

हिजोआज बिहान उठ्ने बित्तिकै फोन हेर्नु, सामजिक सञ्जालमा आफूलाई अपडेट राख्नु सबैको दैनिकी जस्तो बनेको छ । सामाजिक सञ्जालबाट सूचना र जानकारीहरु लिनु राम्रो भए पनि लामो समय त्यसमा मात्रै अभ्यस्त भइरहनु भने मानसिक स्वास्थ्यका लागि भने हानिकारक हुन सक्छ । आज हामी तपाईंहरुलाई धेरै सामाजिक सञ्जालमा आफूलाई अभ्यास्त राख्नाको बेफाइदाहरुका बारेमा जानकारी दिँदैछौँ ।

यी हुन् बिहानै मोबाइल र सामाजिक सञ्जालमा अभ्यस्त रहनुका बेफाइदाहरु :

तनावको शिकार

जब तपाई उठ्ने बित्तिकै आफ्नो मोबाइल हेर्नुहुन्छ त्यहाँ विभिन्न खालका नोटिफिकेशन देखिन्छ । त्यहाँ हरेक खालको सूचनाहरु देखिन्छ । उठ्ने बित्तिकै हरेक किसिमको सूचना प्राप्त गर्दा तपाई भित्र तनावको भावना आउन हुन सक्छ ।

निन्द्राको चक्र बिग्रन सक्छ

सुत्नु भन्दा अगाडि र उठ्ने बित्तिकै फोन हेर्ने बानीले तपाईको निन्द्राको चक्र बिग्रन सक्छ । फोनको स्क्रिनबाट निस्कने निलो प्रकाशले मोलाटोनिनको उत्पादनमा बाधा पु¥याउन सक्छ । जसले गर्दा निन्द्रा लाग्न गाह्रो हुन जान्छ र रात बिताउन कठिन हुनसक्छ ।

मस्तिष्कको कार्यमा असर पुग्न सक्छ

उठ्ने बित्तिकै फोन चलाउँदा मस्तिष्कले काम गर्ने तरिकामा बाधा पुग्न सक्छ । हरेक दिनको शुरुवात राम्रो भयो भने मात्रै दिनभरको काम राम्रोसँग गर्न सकिन्छ । जसको लागि बिहान उठ्ने बित्तिकै व्यायाम र ध्यान गर्नु उचित मानिन्छ । तर बिहान उठ्ने बित्तिकै मोबाइल र सामाजिक सञ्जालमा मात्रै आफूलाई अभ्यस्त राखियो भने त्यसले दिमागमा नकारात्मक भावना पैदा गर्ने खतरा बढी हुन्छ ।

आँखामा असर पु-याउन सक्छ

लामो समयसम्म चम्किलो वस्तुलाई एकोहोरो हेरिरँहदा आँखामा असर पुग्न जान्छ । खासगरि बिहानको समयमा जब हाम्रो आँखाले भर्खर उज्यालोसँग तालमेल मिलाउन थालेको हुन्छ । त्यो समयमा मोबाइल हेर्दा आँखामा दवाब बढ्न जान्छ र टाउको दुख्ने, आँखामा ड्राइनेस हुन जाने हुन्छ । यसले तपाईंको पुरै स्वास्थ्यमा नै असर पु¥याउँछ ।

ध्यान भड्किन सक्छ

लामो समयसम्म स्मार्ट फोनसँग जोडिइरहँदा तपाईंको ध्यान भड्किन सक्छ । बिहानै धेरै फोन चलाउने बानीले दैनिक कार्यसम्पादनमा समेत असर पर्न सक्छ । यदी तपाईं बिहानैबाट फोनमा अभ्यस्त रहनुभयो भने त्यसले तपाईंको दैनिक कार्यसूचीमा असर परी समग्र दिन नै ढिलासुस्तीमा बित्न सक्छ ।

सामाजिक सञ्जाल र फोनको लत

बिहान उठ्ने बित्तिकै फोन चलाउने बानी एउटा लत जस्तो हुन जान्छ । यसले गर्दा शरिरमा हुने डोपामाइनले तपाईंलाई फोन चेक गरिरहन र अनलाइमा सक्रिय हुन प्रेरित गर्छ । यो लतबाट छुट्कारा पाउन तपाईंलाई निकै गाह्रो हुनसक्छ । यसले गर्दा तपाईको फोकस गर्ने क्षमतामा पनि कमी आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?