WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७६ साल वैशाख ३ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्चको आदेश : सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन अन्तरिक आदेश दिएको छ । सर्वोच्चको आदेश पछि गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो ।
2. गायक पशुपति शर्माले पाएनन् प्रबल जनसेवा श्री पुरस्कार, के हो कारण ? : सरकारले गायक पशुपति शर्मालाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गर्ने निर्णय गर्यो । तर, सो प्रबल जनसेवा श्री पुरस्कार शर्माले पाएनन् । यस वर्ष सरकारले विभिन्न क्षेत्रका ३ सय ४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्ने निर्णय गरिएको मा प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पुरस्कारका लागि गायक शर्माको नाम परेको थियो ।
3. खोटाङको हलेसीमा बस दुर्घटना, एकको मृत्यु, १४ गम्भीर : खोटाङको हलेसीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै ना ४ख ७४११ नम्बरको यात्रुवाहक बस हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो ।
4. यी हुन् १५ डर लाग्दा घटना, जसले विश्वको ध्यान तान्यो : काजकिस्तानको सैनिक हेलिकप्टर दुर्घटनाः काजकिस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भयो । रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटना हुँदा राष्टसेवामा खटिएका १३ जनाको मृत्यु भएको थियो ।
5. पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्छौं : सभापति देउवा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो निर्वाचनका क्रममा पार्टी भित्र भएको अन्तर्घातलाई आगामी निर्वाचनमा दोहोर्याउन नदिने बताएका छन् । मंगलवार महेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
6. ….जब न्यूज रुममा बन्दुकधारी पसेर पत्रकारलाई ‘शुट’ गर्यो : अमेरिकाको एक स्थानीय पत्रिकाले आफ्नै समाचार कक्षमा भएको ‘मास शुटिङ’को खबर प्रकाशन गरेकोमा यसपालिको पुलित्जर पुरस्कार प्राप्त गरेको छ । तर, पत्रकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार प्राप्त गर्दा पनि त्यहाँका कर्मचारीहरु रमाउन सकेनन् । कसैले खुसी मनाएनन् । बरु त्यस दर्दनाक घटनामा परी ज्यान गुमाएका आफ्ना ५ साथीहरुलाई सम्झेर सबैले एक अर्कालाई अंकमाल गरे ।
7. वैशाख ९ गतेभित्र पार्टी एकताले मूर्तरुप लिन्छ : भीम आचार्य : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु-याउने कसरतमा जुटेको बताएका हुन् ।
8. किम जोन उन र पुटिनबिच भेटवार्ताको सम्भावना : उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता हुने भएको छ । चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा रूसको पूर्वी क्षेत्रको भ्रमणमा जान लागेका रूसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ।
9. आठौँ राष्ट्रिय खेलकुदको रौनक, विभागीय टोलीको वर्चस्व : प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजसम्म २ सय ५४ पदकको छिनोफानो भइसकेको छ । राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का अनुसार आज ‘मंगलवार’ बिहानसम्म ६७ स्वर्ण, ६६ रजत र १ सय २१ वटा कास्य गरी कूल २ सय ५४ वटा पदकको छिनोफानो भइसकेको हो ।
10. गोरखा केन्द्र बिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प : गोरखा केन्द्र बिन्दु भएर मंगलवार ४।५ रिक्टरस्केलको भूकम्पको धक्का गएको छ । मंगलवार मध्मयान्ह १२ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
11. पूर्वराजा ज्ञानेन्द्रको कारको ठक्करबाट घाइते चौधरीको मृत्यु : पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट गम्भीर घाइते भएका प्रकाश चौधरीको मृत्यु भएको छ । विराटनगरको विराट नर्सिङहोममा उपचाररत चौधरीको मंगलवार मृत्यु भएको हो ।
12. प्राध्यापक ओझालाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थी निष्कासन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक विष्णु ओझामाथि कालोमोसो र जुत्ताको माला लगाइदिने ६ जना विद्यार्थीलाई निष्कासन गरेको हो ।
13. सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबीच सम्झौता : सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन् ।
14. संसदीय सुनुवााई समिति बैठक : थपलिया र ओझाको सुनुवाई भोलि : संघीय संसदको संसदीय सुनुवााई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाई भोलि (बुधवार) हुने भएको छ । मंगलवार दिउँसो २ बजे बसेको सुनुवाई समितिको बैठकले सो निर्णय गरेको हो । बैठक भोली (बुधवार) बिहान ११ बजेको लागि बोलाइएको छ ।
15. राष्ट्रिय जागरण अभियान गर्ने कांग्रेसको घोषणा : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय जागरण अभियान शुरु गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम गर्न नसकेको भन्दै उपसभापति निधिले यसलाई आम नागरिक माझ बुझाउन जागरण अभियान शुरु गर्न लागिएको बताएका हुन् ।
16. प्रदेश ३ स्तरीय सुरक्षा बैठक हेटौँडामा शुरु : प्रदेश ३ स्तरीय सुरक्षा बैठक हेटौँडामा आज (मंगलवार) देखि शुरु भएको छ । बैठकमा प्रदेशको सुरक्षा अवस्था र चुनौतीका बारेमा सात वटा महत्वपूर्ण प्रस्तुति हुने छ ।
17. एचआइभीले दिएको पीडा : दीपायल सिलगढी नगरपालिकाका १८ वर्षीय रामबहादुर ९नाम परिर्वतन० काम खोज्न साथीभाइसँगै छिमेकी मुलुक भारतको मुम्बै शहर पुगे । यो २०५१ सालतिरको कुरो हो । विपन्न परिवारका उनी केही वर्ष काम गरेर घर फर्किएका र यहीँ घरजम गर्न थाले । केही समयपछि फेरि मुम्बैतिरै हानिए । बेलामौकामा घर फर्किदै गर्नुभएका उनी केही वर्ष मुम्बैमै बसे । भर्खरै बिहेवारी भएका उनी घरको याद भुलाउने बहानामा अपरिचित नारीसँग पटक पटक असुरक्षित यौन सम्पर्क गर्न थाले । कुनबेला एचआइभीले गाँजिसक्यो पत्तै भएन ।
18, फ्रान्सको ८ सय ५० वर्ष पुरानो चर्चमा आगलागी : फ्रान्सको पेरिसस्थित एक ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । सो चर्च ८ सय ५० वर्ष पुरानो चर्च हो । चर्चमा नेपाली समयअनुसार सोमवार राति आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया