प्राध्यापक ओझालाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थी निष्कासन

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ । 

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक विष्णु ओझामाथि कालोमोसो र जुत्ताको माला लगाइदिने ६ जना विद्यार्थीलाई निष्कासन गरेको हो ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका छटौं समेगटरका विद्यार्थीहरुलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो । 

निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । 

गत चैत २१ गते विद्यार्थीहरुले विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?