पूर्वराजा ज्ञानेन्द्रको कारको ठक्करबाट घाइते चौधरीको मृत्यु

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट गम्भीर घाइते भएका प्रकाश चौधरीको मृत्यु भएको छ । 

विराटनगरको विराट नर्सिङहोममा उपचाररत चौधरीको मंगलवार मृत्यु भएको हो । 

गत साता (बिहीवार) पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्याएर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्किएको कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा कारले मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधवार नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार घाइते चौधरीको मंगलवार विहान मृत्यु भएको हो ।
      
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?