…जब न्यूज रुममा बन्दुकधारी पसेर पत्रकारलाई ‘शुट’ ग-यो

एजेन्सी । अमेरिकाको एक स्थानीय पत्रिकाले आफ्नै समाचार कक्षमा भएको ‘मास शुटिङ’को खबर प्रकाशन गरेकोमा यसपालिको पुलित्जर पुरस्कार प्राप्त गरेको छ । तर, पत्रकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार प्राप्त गर्दा पनि त्यहाँका कर्मचारीहरु रमाउन सकेनन् । कसैले खुसी मनाएनन् । बरु त्यस दर्दनाक घटनामा परी ज्यान गुमाएका आफ्ना ५ साथीहरुलाई सम्झेर सबैले एक अर्कालाई अंकमाल गरे । 

यस्तो थियो घटना

जून २८, २०१८ अमेरिकाको मेरील्याण्डमा अवस्थित ‘दि क्यापिटल ग्याजेट’नामक पत्रिकामा सधैंजसो काम भइरहेको थियो । दैनिक पत्रिका भएकाले सबैजना भोलिपल्ट जाने समाचार तयार गर्नमा व्यस्त थिए । अचानक एक बन्दुकधारी व्यक्ति आएर अन्धाधुन्ध बन्दुक पड्काउन थाले । समाचार कक्षमा भागदौड मच्चियो । कतिजना आफ्नै डेस्कमुनि लुके । जो लुक्न सकेनन् उनीहरुलाई गोली लाग्यो ।

आक्रमणकारी भएको आशंका गर्दै सोही बिल्डिङको एउटा डेस्कमुनि लुकेर बसिरहेका व्यक्तिलाई पक्राउ ग-यो । पुलिसले उनको झोलाबाट ग्रिनेड, स्मोक बम समेत बरामद गरेको थियो । 

घटनामा उपस्थित रिपोर्टर फिल डेभिसले एक अमेरिकी पत्रिकालाई बताएअनुसार गोली लागेर ५ जनाको मृत्यु भएपछि बन्दुकधारीले गोली चलाएनन् । 

घटनाको बारेमा जानकारी पाएको ‘६० सेकेन्ड’मा पुलिस घटनास्थलमा पुगेको थियो । र, आक्रमणकारी भएको आशंका गर्दै सोही बिल्डिङको एउटा डेस्कमुनि लुकेर बसिरहेका व्यक्तिलाई पक्राउ ग-यो । पुलिसले उनको झोलाबाट ग्रिनेड, स्मोक बम समेत बरामद गरेको थियो । 

को थिए अपराधी ? किन गरे अपराध ?

मेरील्याण्डमै बस्दै आएका ३९ वर्षीय जारोड रामोसलाई पुलिसले घटनाको अभियुक्तका रुपमा पक्राउ गरेको थियो । उनी अहिले पुलिस हिरासतमा छन् । 

पुलिसले बताएअनुसार रामोसको ‘दि क्यापिटल’सँग पहिलेदेखि नै विवाद चलिरहेको थियो । पत्रिकाले सन् २०११ को एक अंकमा रामोसको बारेमा समाचार प्रकाशन गरेको थियो जुन गलत भएको दाबी गर्दै रामोसले सन् २०१२ मा पत्रिकाविरुद्ध ‘मानहानी’को मुद्दा हालेका थिए । प्रकाशित समाचार साँचो भएको प्रमाणित भएपछि रामोसले मुद्दा हारेका थिए । त्यसपछि विभिन्न किसिमका धम्की दिनेदेखि आफ्नो सामाजिक सञ्जालमा पत्रिकाविरुद्ध स्टाटसहरु राख्नेसम्मका क्रियाकलाप गर्दै आएका थिए रामोसले । 

आफूले आक्रमण गरेको स्वीकार नगरेपनि पत्रिकासँगको पुरानो रिसिईवी र अनुसन्धानका क्रममा जुटेका प्रमाणले आक्रमणकारी रामोस नै भएको देखाइरहेको पुलिसले बताए । 

दि न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, वासिङ्गटन पोस्ट सँगै ‘दि क्यापिटल ग्याजेट’ पनि यस वर्षको पुलित्जर पुरस्कारबाट सम्मानित भएको छ । पुरस्कारराशीस्वरुप पत्रिकालाई १ लाख डलर्स प्रदान गरिएको छ ।  

***

यस घटनालाई अमेरिकाको इतिहासमै पत्रकारमाथि भएका खतरनाक आक्रमणमध्ये एक मानिन्छ । यस्तो दर्दनाक घटना हुँदा पनि उक्त पत्रिकाले आफ्नो भोलिपल्टको अंक समयमै निकालेको थियो । पहिलो पृष्ठमा सो घटनाको बारेमा विस्तृत विवरण सहित । जसकारण दि न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, वासिङ्गटन पोस्ट सँगै ‘दि क्यापिटल ग्याजेट’ पनि यस वर्षको पुलित्जर पुरस्कारबाट सम्मानित भएको छ । पुरस्कारराशीस्वरुप पत्रिकालाई १ लाख डलर्स प्रदान गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?