यी हुन् १५ डर लाग्दा घटना, जसले विश्वको ध्यान तान्यो

१. काजकिस्तानको सैनिक हेलिकप्टर दुर्घटना : 
काजकिस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भयो । रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटना हुँदा राष्टसेवामा खटिएका १३ जनाको मृत्यु भएको थियो । 

२. सडक दुर्घटनामा १८ ग्वाटेमाली नागरिकको मृत्यु : 
ग्वाटेमाला शहरमा सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको थियो । ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको बताइएको थियो  । उच्च गतिमा आइरहेको एक ट्रकले मानिसहरु किचेपछि ट्रक चालक फरार भएका थिए । 
  
३.आँधीका कारण विस्थापित  : 
दक्षिण अफ्रिकामा आँधीका कारण पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भए । आँधीसँगै आएको अत्याधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको र अरु थुप्रै भौतिक क्षति भएको थियो । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको थियो ।   

४. रसायनिक कारखाना विस्फोटमा : 
पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी ६४ जनाको मृत्यु भयो । विस्फोटमा परी कैयाँै व्यक्ति बेपत्ता भएका थिए  । चीनमा केही वर्ष यता भएका घातक औद्योगिक दुर्घटना मध्ये यो पनि एक भीषण दुर्घटना बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको थियो । गत वर्ष जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो । 

५. गुडिरहेको टुरिष्ट बसमा आगलागी : 
चीनको हुनान प्रान्तको एक राजमार्गमा गुडिरहेको टुरिस बसमा आगलागी हुँदा २६ मानिसको मृत्यु भयोे । चल्दा चल्दै गाडिमा आगो लाग्न शुरु भएको थियो । आगलागी हुँदा बसमा ५६ मानिस थिए । ५३ यात्रु थिए भने बाँकी दुई चालक र एक टुर गाइड थिए ।

६. समुद्री आँधीका कारण एक हजारको मृत्यु : 
अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको सामुन्द्रीक आँधीका कारण एक हजार भन्दा बढीको मृत्यु भएको थियो । आँधीकै कारण जिम्बाबे, मलाबी पनि त्यसको चपेटामा परेका थिए । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका थिए । प्रतिघण्टा १ सय ७७ किलोमिटरको बेगमा आँधी आएको थियो । 

७. क्राइस्ट चर्चस्थित मस्जितमा आक्रमण 
अज्ञात समूहले न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा आक्रमण गर्द ४९ जनाको मृत्यु भएको थियो ।  न्युजिल्याण्ड पुलिसका अनुसार यो घटनासंग सम्बधित तीन जना पुरुष र एक महिला सहित चार जनालाई पक्राउ गरि उनीहरुलाई सजाय सुनाइसकेको छ । अष्ट्रेलियन प्रधानमन्त्रीको स्कट मोरिसनले उक्त आक्रमणमा २८ वर्षीय अस्ट्रेलियन नागरिक रहेको पुष्टि गरेका थिए ।  न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले देशको नाममा सम्बोधन गर्दै उक्त दिनलाई न्यूजील्याण्डको सबभन्दा कालो दिन भएको बताएकी थिइन् । 

८. इथियोपियामा विमान दुर्घटना
इथियोपियामा विमान दुर्घटनामा एक सय ५७ जनाको मृत्यु भयो । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको र  त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले पुष्टि गरेको थियो । 

९.भारतीय वायुसेनाको विमान दुर्घटनामा
भारतीय वायुसेनाको विमान काश्मिरमा दुर्घटनामा परि एक पाइलटको मृत्यु भयो । भारतीय वायुसेनाको लडाकु विमान मिग २१ काश्मिरमा दुर्घटना भएको थियो । भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा आक्रमणमा गरेपछि काश्मिरको सीमा क्षेत्रमा तनाव भएको थियो ।  भारतीय पाइलटलाई पाकिस्तानले नियन्त्रणामा लिएको थियो पछि ति पाइलट रिहा भए । 

१०. बंगलादेशको आगलागी
बंगलादेशको राजधानी ढाकाको एक भवनमा आगलागी हुँदा ७८ जनाको मृत्यु भयो ।  जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका थिए । 

११. बाँध भत्किँदा मृत्यु
ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा बाँध भत्किँदा १ सय ५० जनाको मृत्यु भयो । उक्त दुर्घटनामा परी अझै पनि १ सय ८२ व्यक्ति वेपत्ता छन् । 

१२. अमेरिकामा चिसोका कारण २१ जनाको मृत्यु
अमेरिकामा चिसोका कारण २१ जनाको मृत्यु भयो । अमेरिकाको तापक्रम एक्कासी ज्यादै न्यून भएपछि मानिसहरुको मृत्यु भएको थियो । 

१३. फिलिपिन्सको चर्चमा विस्फोटन
फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा विस्फोटनमा परी २७ जनाको मृत्यु भएको थियो । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा एकैसाथ दुई ओटा विस्फोटन गराइएको थियो । 

१४. इन्डोनेसियाको ज्वालामुखी
इन्डोनेसियामा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण ३ सय ७३ जनाको मृत्यु भएको थियो । 
त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउनेको सङ्ख्या १ सय २८ जना रेकर्ड गरिएको जनाएको थियो । 

१५. पपुवामा आक्रमण
इन्डोनेसियाको सधैँ अशान्त भइरहने क्षेत्र पपुवामा पृथकतावादीहरुले गरेका आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत ३१ कामदारको मृत्यु भयो । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएका थिए ।_अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?