मूडस्विङ्ग हुनु पर्सनालिटि डिसअर्डर त होइन ? यस्ता छन् लक्षणहरु

लोकपथ
1.1k
Shares

काठमाडौं । छिन छिनमै मूड बदलिरहनु, रिस उठिरहनु चिडचिडापन भइरहुनु भनेको सामान्य कुरा होइन । यदि तपाईलाई सामान्य लाग्छ भने यस्तो हुनु सामान्य नहुन पनि सक्छ । तपाईलाई यस्तो हुनुको कारण कतै पर्सनालिटि डिसअर्डर त होइन ? आज हामी तपाइलाई यसैको बारेमा जानकारी दिनेछौँ ।

कतिपय मानिसहरुमा एकछिनमै खुसी हुने, एकछिनमै दुखी हुने, यतिकै रिसाउने झिजो मान्ने जस्ता कुराहरु भइरहेका हुन्छ ।

यस्ता कुराहरुलाई हामी प्रायजसो मूडस्विङ्ग भनेर बेवास्ता गरिरहेका हुन्छौँ । तर यदि लामो समय सम्म पनि यस्तो भएको छ भने हामीलाई बोर्डरलाइन पर्सनालीटि डिसअर्डर अर्थात् सीमा रेखा व्यक्तित्व बिकार भएको हुन सक्छ । लामो समय सम्म यस्तो हुनु भनेको बोर्डरलाइन पर्सनालिटी डिसअर्डरको लक्षण हुन सक्छ ।

बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भनेको के हो ?

बोर्डरलाइन पर्सनालिटी डिसअर्डर एउटा मानसिक स्वास्थ्यको बिकार हो । जसले तपाईको सोच्न सक्ने शक्तिमा असर पुर्याएको हुन्छ । तपाईले आफ्नो बारेमा र अरुको बारेमा सोच्ने क्षमतालाई प्रभावित बनाउँछ । यसले तपाईको सोच्ने क्षमतालाई यहाँ सम्म प्रभावित बनाउँछ कि तपाई आफू स्वयमले आफुलाई माया गर्न छोड्नु हुन्छ । तपाईले आफ्नो व्यतित्वमा कमजोरी मात्र देख्न थाल्नुहुन्छ । यस्तो अवस्थामा तपाई आफ्नो भावना नियन्त्रण गर्न सक्नु हुन्न ।

बोर्डर लाइन डिसअर्डर भएका व्यक्तिहरुमा अस्थिरता र आफ्नो नजिकको मान्छेले छोडेर जान्छ भन्ने डरले सताइ रहेको हुन्छ । यस्ता मानिसहरु एक्लै बस्न नसक्ने खालका हुन्छन् । छिन छिनमै मूड बदलिने, रिस उठ्ने धैर्य राख्न नसक्ने कारणले प्राय यि व्यक्तिहरुसँग मानिस आफै टाढा टाढा हुने गर्छन् । मानसिक रोग विशेषज्ञका अनुसार बोर्डर लाइन डिसअर्डरको कारणले हिप्पोक्याम्पस, एमिग्डाला, प्रिफ्रन्टल कोर्टेक्स र एचपीए एक्सिस जस्ता मस्तिष्कका मुख्य अंगमा असर पुर्याएउँछ ।

बोर्डरलाइन पर्सनालिटी डिसअर्डरका लक्षणहरु

आफ्नो बारेमा बिचारहरु परिर्वतन भइरहनुः विज्ञका अनुसार यदि कसैलाई बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएको छ भने त्यस्ता व्यक्तिहरले स्वयमको लागि पनि आफ्नो विचारहरुमा स्थिर राख्न सक्दैनन् । कहिले आफुलाई राम्रो, नैतिकवान र मुल्यवान व्यक्तिको रुपमा हेर्ने गर्छन् भने कहिले बेकार नराम्रो व्यक्तिको रुपमा र्हेछन् । यस्ता कारणहरुले गर्दा त्यस्ता व्यक्तिहरुले आफ्नो जीवनमा साथिभाई जागिर देखि सबै कुराहरु परिवर्तन गरिरहन चाहान्छन् ।

छोडेर जाने डर : यस्ता व्यक्तिहरुलाई उनीहरुसँग नजिक रहेका आफन्त साथीभाइहरुले छोडेर जान्छन् कि भन्ने डरले सताइरहेको हुन्छ । यस्ता व्यक्तिहरु धेरै नकारात्मक सोच राख्ने खालका हुन्छन् ।

आफुले आफुलाई नोक्सान पुर्याउनु : बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएका व्यक्तिहरु स्ट्रेसबाट बाहिर निस्किनको लागि छटपटाइरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले आफ्नो जीवनमा यस्तो बानीको विकास गर्छन् कि जसले उनीहरुलाई नै नोक्सान पुर्याउछ । जस्तै नशालु पर्दाथको सेवन, फजुल खर्चको बानी ।

कुनै पनि कुरासँग जोडिन नसक्नु : बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएका व्यक्तिहरुले आफ्नो वरिपरि भएका व्यक्ति वा वस्तुहरुसँग आफु जोडिएको महशुस गर्न सक्दैनन् । उनीहरुले आफ्नो जीवनमा धेरै खालिपन र एक्लोपनको महसुस गर्छन् । बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएका व्यक्तिहरुले स्वयमलाई सम्मान गर्न सक्दैनन र अरु भन्दा कमजोर महसुस गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?