नेदरल्याण्डमा डाक्टरमाथि वीर्य साटफेर गरेको आरोप


लोकपथ
प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०९:३९

एजेन्सी । नेदरल्याण्डका एक डक्टरले आफ्ना विरामीसँग गरेको बदमासी प्रमाणित भएको छ । 

निसन्तान जोडिहरुलाई सेवा दिने क्लिनिक खोलेका ती चिकित्सकले आफूकहाँ सेवा लिन आउदाँ विरामीले लिएर आएको वीर्यलाई साटफेर गर्ने गरेको आरोप लागेको थियो । अझ साटिएको वीर्य स्वयम डक्टरको हुने गरेको पनि खुलेको छ । 

जन करबात नाम गरेका चिकित्सकको सन् २०१७ मै मृत्यु भइसकेको थियो । उनको क्लिनिक पनि अनियमितता र अन्य गैरकानूनी मुद्दाका कारण सन् २००९ मै उनी जिउँदै छदैं बन्द भइसकेको थियो । 

शुक्रबार सार्वजनिक डीएनए परिक्षणबाट डाक्टरको बदमासीको प्रमाणित भएको हो । फेब्रअरीमा आएको अदालतको एक आदेशपछि एक समाजिक संगठनले निजमेगन शहरमा डीएनए परिक्षण गराएको थियो । 

संगठन आफैमा करबातको क्लिनिकबाट जन्मिएका बच्चा र तिनलाई हुर्काएका अभिभावकहरुको नेतृत्व गर्न गठन गरिएको थियो । 

निसन्तान जोडिको उपचारमा भएको धोकाधडीको यो मामिला यही वर्षको फेब्रुअरीमा एक डच अदालतले गरेको एक फैसलासँगै बाहिरिएको थियो । रोटरड्याम जिल्ला

अदालतले करबातको क्लिनिकबाट सेवा लिएका अभिभावक र त्यहाँबाट जन्मिएहरुलाई तिनको डीएनए र कारवातको संग्रहित डीएनएलाई दाँजेर हेर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
तातो हावाका कारण ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका

हवाई आक्रमणमा परी २८ जना लडाकू मारिए

एजेन्सी । अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी

इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलको सहज जित

एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले फ्लोरेन्टिनासँग सहज जित हात पारेको छ ।