रात्रिक्लब बाहिर गोली चल्दा एक जनाको मृत्यु


लोकपथ
प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०९:२५

एजेन्सी । अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको यस गोलीकाण्डमा चार जनामाथि गोली लागेको जनाएको छ । गोली लागेकामध्ये तीन जना सुरक्षा गार्ड रहेका छन् । 

रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भिक्टोरिया प्रहरी अधिकृत एन्ड्रु स्टाम्परले भने, “यो निकै भयानक कार्य हो । यो व्यस्त रात्रिक्लब हो, मेलबर्नको मुख्य मनोरञ्जन क्लब पनि हो ।”

गोली लागेका ३७ वर्षीय सुरक्षा गार्डको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

अर्का २८ वर्षीय व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर छ भने २९ वर्षीय र ५० वर्षीय अरु दुई जनाको अवस्था सामान्य रहेको छ, प्रहरीले जनाएको छ ।

एक जना प्रहरी प्रवक्ताले यो गोलीकाण्ड आतङ्कवादसँग सम्बन्धित नदेखिएको बताएका छन् । अनुसन्धाताहरुले मोटरसाइकलमा हिँडेको अराजक झुण्डले गोली चलाएको आशंकामा छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

गत मार्चमै मेलबोर्नमा भएको गोलीकाण्डमा पाँच जनाको ज्यान गएको थियो । अस्ट्रेलियामा ठूलो जनसमूहमाथि गोली चलाउने प्रवृत्ति हालसम्म देखिएको छैन । पोर्ट आर्थरमा एक जना बन्दुकधारीले ३५ जनाको निर्मम हत्या गरेपछि सन् १९९६ देखि अस्ट्रेलियामा बन्दुकसम्बन्धी कठोर कानून ल्याइएको छ । 
 

प्रतिक्रिया दिनुहोस
जापान सरकारले नेपाललाई गर्ने भयो ठूलो धनराशीको सहयोग

काठमाडौ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना

दोहोरो गोली हानाहानमा चार प्रहरी सहित १२ लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिबान लडाकूबीच

लिभरपुलको हारमा सेभिल्लाको जित

एजेन्सी । मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभिल्लासंग लिभरपुर पराजित भएको छ । प्रि–सिजन

अमेरिकी प्रथम महिला मेलानियाको बुख्याँचाको चर्चा

एजेन्सी । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको बुख्याँचा शैलीको सालिक बनाइएपछि अहिले सर्वत्र