पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज

काठमाडौं । सरकारले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । 

पहिलो पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गर्ने निर्णय गरेको हो । 

केही दिनअघि बसेको मन्त्रिपरिषाद बैठकले गरेको निर्णयबारे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन् । 

बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

खारेजी भएको ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?