प्रधानमन्त्री निवास जग्गा किनबेचबारे सरकारका प्रवक्ता बास्कोटाको स्पष्टिकरण

काठमाडौं । सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटास्थित जग्गा किनबेच नभएको बताएको छ । 

बिहीवार आयोजित पत्रकारसम्मेलमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको निवास रहेको बालुवाटास्थित जग्गा किनबेच नभएकोबारे स्पष्टिकरण दिएका हुन् । 

साथै शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको प्रवक्ता बास्कोटाले बताए । 

‘प्रम निवासको जग्गा किनबेच भएको छैन’ उनले भने, ‘जोडिएको ललिता निवासको कुरा हो ।’

‘सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व हो,  यसबारे थप छानबिन गर्छौ र दोषीलाई कारबाही गर्छौं’ उनले बताए । 

दोषी उम्कन नसक्ने बताउँदै उनले भने, ‘दोषी देखिन्छ भने कोही पनि उम्कँदैन, यसमा सत्ता र प्रतिपक्षको प्रश्न हुँदैन ।’ 

साथै उनले व्यक्तिको नाममा गरिएको उक्त जग्गा सरकारको नाममा ल्याइछाड्ने समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?