पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा ४ विराटचोकका २२ वर्षीया हेम चौधरी छन् । साथै मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । 

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्र प्रसाद लम्सालले चलाएको थिए भने सो गाडी पूर्वराजा शाहले पूर्व बस्दा प्रयोग गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?