काठमाडौं । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आज (बिहीवार)बाट पोखरामा शुरु हुँदैछ ।
पोखरा सभागृहमा तेस्रो राष्ट्रिय सम्मेलन शुरु हुन लागेको हो ।
सम्मेलनको उद्घाटन सत्रलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताले सम्बोधन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसअघि काठमाडौंमा पहिलो र नुवाकोटमा दोस्रो सम्मेलन सम्पन्न भइरहेको छ ।
पार्टीभित्र उठेका शीर्ष तहको विवाद र संगठन सुदृढीकरणको बहसमा सम्मेलन केन्द्रीत हुने आयोजक जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।
सम्मेलनले गुटउपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का भएर अघि बढाउन दबाबमूलक सुझाव दिने प्रवक्ता शर्माको भनाई छ ।
साथै युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने कार्यनीति तय गर्ने प्रवक्ता शर्माले जनाकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया