काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले अत्याधिक रुचाइएको इसेवा केयर सुविधामा क्रिसमस अफर अन्तरगत ३६ हजार क्यासब्याक पाइने अफर सार्बजनिक गरेको छ ।
दैनिक एक रुपैयाँ भन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने इसेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको हो ।
अफर अन्तरगत वर्षको ३६० रुपैयाँमा २ लाख ३० हजार सम्मको कभरेज प्रदान हुनेछ । यो सेवा आज (पौष ८) खरीद गरेमा एक जना भाग्यशाली बिजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउनेछन् । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ ।
यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दापनि कमका दरले एक वर्षका लागि तीन सय ६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन ।
यस प्याकेज अन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दुई लाख ३० हजार रुपैंयाँसम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ । जस अन्तर्गत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म र दुई लाख २० हजार रुपैंयाँसम्मको दुर्घटना बीमा उपलब्ध छ । साथै बिभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशत सम्मको छुट पनि पाउने ब्यबस्था गरिएको छ ।
यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले इसेवा मार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रकृया सुरु गर्न सक्दछन ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया