देश जलवायुको परिवर्तनले संकटमा पुगिसकेको छ : निर्देशक ढकाल

लोकपथ
21
Shares

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देश जलवायु परिवर्तनका कारण संकटमा पुगिसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित भूमि हाम्रो भविष्य ‘ल्याण्ड आवर फ्युचर’ नामक संस्थाको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले जलवायु परिवर्तन भन्न छोडेर जलवायु संकट नै भन्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘अहिले संसारले नै दिगो विकासको लक्ष्य र जलवायु परिवर्तनको कुरा चलिरहेको छ । अहिले हामीले जलवायु परिवर्तन भन्न छाडिसकेका छौं । अहिले जलवायु संकट नै भन्छौं । किनकी हामी अहिले जलवायुको संकटमै पुगिसकेका छौं । संसारले यही कुरा गरिरहेको छ ।’

अहिले ठूलाठूला व्यवसायहरु कसरी सफा व्यावसायिक क्षेत्रमा जाने भन्ने कुरामा सबैले प्रयास गर्न आवश्यक रहेको उनको भनाई छ ।

पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले जलवायु परिवर्तनको प्रभावबाट वातावरण बिग्रिँदा सबभन्दा बढी युवाहरुलाई असर पर्ने बताए । उनले जलवायु परिवर्तनको गम्भीर असर परेको बेलामा विश्वव्यापी रुपमा समाधानको उपाय खोज्न आवश्यक रहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनको प्रभावबाट वातावरण बिग्रिँदा सबभन्दा बढी असर युवाहरुलाई पर्ने हुन्छ । त्यसैले यस्तो असर परेको बेलामा विश्वव्यापी रुपमा समाधान खोज्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?