कपिलवस्तु । करिब १२ लाख मूल्य बराबरको गहना चोरी भएको छ ।
बिजयनगर गाउँपालिका-७ लालपुर बस्ने ४९ वर्षीय राज बहादुर कुर्मी चौधरीको घरबाट झ्याल र ढोका खुला रहेको मौकामा सुन र चाँदीका विभिन्न गहना गरी १२ लाख रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया