प्रहरीको कुटपिटबाट एक जनाको मृत्यु भएपछि धनुषाको हँसपुर तनावग्रस्त

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रहरी कुटाईबाट एकजना स्थानियको निधन भएपछि धनुषाको हँसपुर–५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।

प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीय दिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गरेको छ । भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ ।
स्था

नीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुईजना घाइते भएका छन् ।घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको रहेका छन्  ।

दुवैको हातमा गोली लागेको छ । दुबै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?