दुई सय केजी सुर्तीजन्य पदार्थ जफत, के भन्छ काठमाडौं महानगर ?

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महागरले मंसिर २७ गते ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, बितरण,प्रयोग र कारोबारमा रोक लगायो । रोक लगाएको तिन दिन नपुग्दै उच्च अदालत पाटनल भने तत्काल रोक नलगाउन महानगरलाई आदेश दियो । महानगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने महानगरपालिकाको निर्णयले उद्योग व्यवसायमा प्रतिकूल असर पर्न थाल्यो । र त्यसले ठूलो क्षति हुने देखिएपछि श्रीराम सुर्ती उद्योग लगायत ११ वटा उद्योगहरुले उच्च अदालत पाटनमा महानगर विरुद्ध रिट दायर गरेको हो ।

महानगरको स्वास्थ्य भने विभागले मंसिर १२ गते जारी गरेको सूचनामा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध गर्ने भनिएको थियो ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० ले सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, बिक्रीका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई बेच्न नपाइने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।

महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार ’हामीले दुई दिनको अन्तरालमा महानगरक्षेत्रभित्रका पसलहरू २ सय केजी सुर्तीजन्य पदार्थहरू जफत गरेका छौं,’ उनले भने, ’यो कार्य जारी नै रहन्छ ।’

यस्तै,’जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थमा रोक लगाइएको हो,’ सुर्तीजन्य पदार्थका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोर मैला बढ्न गई सहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्ने उनको भनाइ छ ।

‘अदालतको आदेशलाई सम्मान गछौँ,तर सुर्तीजन्य पदार्थ रोक लगाउने अभियान जारी रहन्छ, यो विषय अत्यन्तै गम्भीर छ, उनले भने । यो अभियान महानगरबाट कार्यान्वन भइसकेको छ, तर अदालतले रोक नलगाउने भनेपछि अहिले हामी छलफल गरिहेका छौँ । बाँकी छलफल गरेरै अगाडि बढ्छौ’ उनले भने, ।

‘अहिले अदालतले रोक नलगाउने भनेपछि फ्याट्ट फुट्ट रुपमा कहि कतै व्यापारीले बिक्री बितरण गरिरहेकै छन्’ उनले भने । यस्तै, यस अभियानमा पत्रकार र मिडियाको ठुलो सहयोग र भुमिका रहेको समेत पौडेलले बताए ।

यता धेरैजसो व्यापारीले भने, महानगरको यो कामलाई स्वागतयोग्य रहेको बताएका छन् । सुनसरी बराह नगरपालिका वडा न.८ हाल काठमाडौंको अनामगर पसल थाप्दै बसेकी गीता दाहालले भनिन् । ’हामीले यसअघि सुर्तीजन्य पदार्थ धेरै बेच्थेँ, महानगरले रोक लगाएपछि अहिले पसलमा सुर्तीजन्य पदार्थ नै ल्याउन छोडेका छौँ, महानगरको यो काम स्वागतयोग्य छ,किनभने यसअघि ग्राहक आउथेँ, पसलमा बसेर गुट्का,सुर्ती,खैनी र सुल्फा मुखमा राखेर रस लिने र जहीँ पायौँ, त्यहीँ थुक्ने गर्थेँ,अहिले त्यस्तो छैन् । सुनसान छ,शान्ति सफा पनि छ ।’

यस्तै,अर्की सिन्धुपाल्चोक घर भई हाल काठमाडौंकै अनामगरमा पसल थपेर बसेकी अप्सरा गिरीले पनि महानगरको यो काम निकै राम्रो भएको बताइन् । ’हामीलाई यो सुर्तीजन्य पदार्थ बिक्री गरेर कुनै फाइदा नहुने र ग्राहक मात्रै आउलान्, भन्ने हेतुले उक्त समान बेच्थेँ, अब महानगरले नै रोक लगाईसकेपछि झनै राम्रो भयो, यसका लागि महानगरलाई धन्यावाद दिन चाहान्छु,’ उनले भनिन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?